फाइल तस्बिर
काठमाडौं। बाढीले बगाएको फोक्सिङटारको पुल पुनःनिर्माणलगायतका विषयमा विज्ञहरुको टोलिले अनुगमन गरेको छ। गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले बगाएको पुलको बिहीबार सडक विभाग पुल महाशाखाका प्रमुख ललिजन खनाल, पुलचोक क्याम्पसका विषय विज्ञ राजन सुवाल लगायतको टोलीले अनुगमन गरेको हो।
टोलीले फोक्सिङटार पुनःनिर्माण, तत्कालका लागि अल्पकालीन समस्या समाधान र दीर्घकालीन योजनाबारे सडक विभाग पुल महाशाखा, इन्जिनियरिङ अध्ययन संस्था पुल्चोक क्याम्पस विषय विज्ञ लगायतको टोलीले अध्ययन गरेको सडक विभाग पुल महाशाखाले जनाएको छ।
अध्ययन टोलीलाई एमाले नेता विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रतिनिधिसभा सदस्य रामकुमार राईका सचिवालय सदस्य अरुण चाम्लिङलगायतले भेटेर पुल बगाएपछि परेको समस्या समाधन गर्न तत्कालका लागि अल्पकालीन र दीर्घकालीन योजनाको बारेमा जानकारी समेत गराइएको छ।