काठमाडौं। रोल्पामा घर्तीगाउँ–झिनुवा–जगरबोट सडक निर्माण गर्न सुरु गरिएको छ। त्रिवेणी र माडी गाउँपालिकालाई जोड्ने घर्तीगाउँ–झिनुवा–जगरबोट सडकको निर्माण कार्य अगाडी बढेको हो।
पहिलो चरणमा अहिले सडक चौडा बनाउने, नाला बनाउने र दोस्रो चरणमा सडक कालोपत्र गर्ने योजना अनुसार काम भइरहेको छ।
दुई गाउँपालिकाको केन्द्र हुँदै अन्य गाउँलाई समेत जोड्ने उक्त सडकले विकासको आयाम भित्र्याउने विश्वास गरिएको छ।