फाइल फोटो
काठमाडौं। हेटौँडा र काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ। उक्त सडक दुईतर्फी नै सञ्चालनमा आएको हो।
सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मत गरेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो। सडक मर्मत सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।