काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। गत असोज १२ गतेको बाढीले पुल बगाएपछि थालिएको बेलिब्रिज जोड्ने काम पूरा भएको हो।
बेलिब्रिजकाे भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न भएको छ। अहिले यात्रुहरुलाई बाँकी कामको समय मिलाएर उक्त बेलिब्रिजबाट आवतजावत गर्न समेत दिइएको छ।
अहिले रामेछापतर्फको पिल्लरको जगमा रिटेनिङ वाल र तारजाली भर्ने काम बाँकी रहेकाले सडक डिभिजनले उक्त काम गरिरहेको छ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीमा १० वर्षअघि बनेको १०० मिटर लामो पुल ५१ मिटर बगाएको थियो।