दमौली। जिल्लाको कुलुङखोलामा पक्की पुल निर्माण सुरु गरिएको छ। भिमाद नगरपालिका–१ भएर बग्ने उक्त खोलामा पक्की पुल निर्माण सुरु गरिएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पक्की पुल निर्माण सुरु गरिएको हो।
सडक निर्माण भएको २५ वर्षपछि पक्की पुल निर्माण सुरु भएपछि स्थानीय खुशीले मख्ख बनेका छन्।
आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उक्त पुल ७४.२० मिटर लामो निर्माण गरिने बताइएको छ।
सडक निर्माण भएको लामो समयपछि पक्की पुल निर्माण हुन लागेको हो। सडक भएपछि खोलामा पुल नहुँदा बर्खाको समयमा निकै समस्या झेल्दै आउँनु परेको स्थानीयको भनाई छ। अब पुल निर्माण सम्पन्न भएपछि सहज हुने उनिहरुको विश्वास रहेको छ।