काठमाडौं। सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिजको आज उद्घाटन गरिने भएको छ। आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बेलिब्रिज पुलको उद्घाटन गर्ने भएका हुन्।
पुलको उद्घाटन भएसँगै आजदेखि नै बेलिब्रिजबाट सवारी साधन सञ्चालन गरिने छ। गत असोज ११ र १२ गतेको बाढीले पुल बगाएपछि निर्माण थालिएको बेलिब्रिजको काम सोमबार सम्पन्न भएको हो। पुलको भारवहन क्षमता जाँच सफलता पूर्वक सम्पन्न भइसकेको छ।