काठमाडौं। नेपाल–भारत जोड्ने झोलुंगे पुलमा व्यापारीले ताला लगाएका छन्। उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा खलंगाका व्यापारीले भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा सोमबार पुलमा ताला लगाएका हुन्।
भन्सार तिरेर भित्र्याएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको व्यापारीहरुको भनाइ छ।
उद्योग वाणिज्य संघ दार्चुलाले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए। सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने उनीहरुको भनाइ छ।
आइतबार साँझ मात्रै प्रहरीले सदरमुकाम खलंगाको बांगाबगड बजारका दुईवटा पसलबाट भन्सार छलीको सामान बरामद गरेको थियो ।