काठमाडौं। सुनकोशीको बेलिब्रिज सञ्चालनमा आएको छ। बाढीले क्षतिग्रस्त बनाएको पुल मर्मतपछि सञ्चालनमा आएको हो।
गत असोज ११ र १२ गतेको बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएको थियो। उक्त बगाएको भागमा बेलीब्रीज जडानगरी हिजोबाट पुल सञ्चालनमा ल्याईएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान समेत गरेका छन्।