फाइल फोटो
काठमाडौं। फ्लाई दुबईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ। यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको हो।
फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडानका लागि हिजोदेखि बुकिङ खुलाएको छ।
फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौं आउनेछ। काठमाडौंमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्ने बताईएको छ।