काठमाडौं। जजिरा एयरले पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। यही कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्ने भएको हो।
१० महिना उडान गरेर मौसमको कारण देखाउँदै उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको बताईएको छ।
जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ।
जजिराको विमान बिहान ७ः३० मिनेटमा भैरहवा आएर ८ः३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ।