काठमाडौं। नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल आयात गरेको छ। गत असोज १८ गते पहिलो चरणमा पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याएर परीक्षण थालिएको हो।
परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
यसअघि उक्त पाइप लाइनबाट डिजेल मात्र आयात गरिँदै आएको थियो। अब निगमले मल्टी प्रोडक्ट पाइप लाइनमार्फत डिजेल पेट्रोल र मटितेल ल्याउने भएको हो।
पाइप लाइनबाट डिजेल ल्याएपछि बिचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन (पिसिके) मिसाएर पेट्रोल ल्याइने छ । पिसिके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ । पेट्रोल र डिजेल पाइप लाइनमार्फत ल्याउँदा बिचमा पिसिके मिसाएर आयात गरिने अमलेखगन्ज कार्यालयले जनाएको छ ।