रोल्पा। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा जिप दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ। आज बिहान लु ३ च १६५६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको हो।
प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहानै मृत्यु भएको हो।