काठमाडौं। १२१ बिघा क्षेत्रफलमा फैलिएको सर्लाहीको बागमती नदीछेउमै निर्माण भइरहेको कृत्रिम पोखरी निर्माण सम्पन्न नहुँदै पर्यटकको लर्को लागेको छ। पछिल्लो सयम सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ उक्त तालको चर्चा निकै नै भइरहेको पाइन्छ। चर्चा कमाए सँगै पोखरी देखिने गरी तस्बिर खिचाउने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ।
उक्त पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्ग हुदै जादा दुइ वटा बाटा रहेका छन्। पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर अगाडी बाट नै क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल सकिने बित्तिकै बागमतीको किनारबाट तिन किलोमिटर दक्षिण गएपछि पुगिन्छ। औपचारिक रुपमा नामकरण नभएको भएतापनि भरत तालको नामले पोखरी चर्चित बनेको छ।
पोखरी दुई भागमा छुट्टिने गरी बीचमा होटेल निर्माण भइरहेको छ। हेर्दा काठमाडौंको रानिपोखरिको झल्को आउने पर्यटकहरु बताउछन्। सुन्दर देखिने तालमा भर्खरै लगाइएका बोटबिरुवाले पोखरी अझ सुन्दर बनेको छ। शनिबार र सार्वजानिक बिदाको दिन बिषेश गरेरर यस ठाउँमा घुँइचो हुने गर्दछ। निर्माण सम्पन्न नहुँदै पोखरी हेर्न छिमेकी देश भारतबाट समेट पर्यटक आउन सुरु गरेका छन्।