तस्बिर: एआइ
जुम्ला। जुम्लाको तिला गाउँपालिकामा पर्ने तिलानदीमा स्टिल ब्रिज निर्माण गरिएको छ। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा भ्याट बाहेक १५ करोड रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो।
सवारी साधन सञ्चालन गर्न मिल्ने पुल बनेसँगै यहाँका १३ वटा दुर्गम बस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। यसअघि यस क्षेत्रका मानिस झोलुंगे पुलबाट आवतजावत गर्थे भने सवारी साधन सञ्चालनमा थिएन्।
२०७४ को स्थानीय तहको निर्वाचनपछि सडक पुगेको यो क्षेत्रमा पुल नहुँदा सवारी साधन सञ्चालन हुन सकेको थिएन्। पुल निर्माण भएसँगै अब यहाँ उत्पादन भएका कृषि उपजहरुले पनि बजार पाउने भएका छन् भने बाहिर बाट खाद्यन्न लगायतका सामान ल्याउन समेत सहज भएको स्थानीय बताउँछन्।