काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सय दिनमा देशभरमा ४ हजार ३८ किलोमिटर सडक मर्मत भएको छ। आफू नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सय दिनमा ४ हजार ३८ किमि सडक मर्मत भएको जानकारी दिएका हुन्।
त्यसैगरी उनले सय दिनको अवधिमा ३२.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए। उनले सय दिनभित्र फास्ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु भएको, नागढुङ्गा मुख्य सुरुबको लाइनिब पनि सफलतापूवक सम्पन्न भएको, रुपन्देहीको सिद्धबाबा सुरुङमा ३९६.८५ मिटर सुरुङ खन्ने काम मात्र एक सय दिनभित्र पूरा भएको र अहिलेसम्म ६४७ मिटर सुरुङ खनिएको समेत बताए।