काठमाडौं। रौतहटको झाँझ नदीमा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। मधेस सरकार र नगरपालिकाको ५० लाख लागतमा उक्त पुल निर्माण सम्पन्न भएको हो।
उक्त नदीमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गरिएको छ। रौतहटको गरुडा नगरपालिका–५ महमदपुर स्थित झाँझ नदीमा निर्मित झोलुंगे पुलको नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले उद्घाटन गरेका हुन्।
गरुडा र वृन्दावन नगरपालिकाको सिमानामा झोलुङ्गे पुल निर्माण गरिएको हो।