दमौली। बन्दीपुर गाउँपालिकाले सडक कालोपत्रे गर्ने भएको छ। गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन आवतजावत गर्ने गरी सडक कालोपत्रे गर्ने भएको हो।
गाउँपालिकाका अनुसार यो वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको हो।
संघीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ रु २० करोड बजेट उपलब्ध भएको गाउँपालिकाले बताएको छ। सोही बजेटबाट गाउँपालिकाका सबै वडा जोड्नेबाटोमा कालोपत्रे गरीने गाउँपालिकाले जनाएको छ।
सबै वडा जोड्ने सडक कालोपत्रे हुनेभएपछि स्थानीय खुशी भएका छन्। सडक कालोपत्रे भएपछि बाह्रै महिना सवारी साधन आवतजावत हुने भएकोले आफुले उत्पादन गरेका कृषीजन्य सामाग्रीहरु बजारसम्म लगेर बेच्न सहज हुने विश्वास गरिएको उनिहरुले बताए।