कैलाली। धनगढी विमानस्थल स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ छुट्याइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र एक अर्ब छुट्याउने बताएका हुन्।
नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले बजेट छुट्याएर जग्गा अधिकरणको काम अगाडि बढाउने बताए।
कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको बताए। मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिए।