फाइल तस्बिर
काठमाडौं। पर्यटकीय क्षेत्र स्याङबोचे भन्दा माथि अब हेलिकप्टर उडाउन नपाइने भएको छ। नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले स्याङबोचे क्षेत्रभन्दा माथि व्यावसायिक उडान नगर्नका लागि नागरिक उड्डयन कार्यालय लुक्लालाई बिहीबार पत्राचार गरेको हो।
निकुञ्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाएको निकुञ्जले जनाएको छ।
निकुञ्जले कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर जंगलबाट निस्किएर गाउँ पस्ने गरेको जनाएको छ।