काठमाडौं। बागलुङको बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र भइरहेको छ। १२ करोड ७४ लाख लागतमा बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्न सुरु गरिएको हो।
पूर्वधार विकास कार्यालय बागलुङको १२ करोड ७४ लाख लागतमा एसी कन्स्ट्रक्सनले २०८३ साउन १९ गते सक्नेगरी कालोपत्र गर्ने जिम्मा पाएको छ।
विसं २०७० मा ट्र्याक खुलेको सडकको ६ वर्षपछि कालोपत्र गर्न सुरु गरिएको हो।