फाइल तस्बिर
काठमाडौं। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाड खोलामा पक्की पुल निर्माण गरिने भएको छ। तिहार बिदापछि निर्माण कार्य सुरु गर्नेगरी पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो।
२०८३ साउन भित्रमा सम्पन्न गर्नेगरी पुल निर्माण कार्यको जिम्मा वाइपी एमआर जेभि भरतपुर चितवनले पाएको छ। पुलको डिजाइन लगायत लेआउटको काम सम्पन्न भइसकेको छ भने तिहार तथा छट विदापछि अन्य काम अगाडी बढ्ने बताइएको छ।