काठमाडौं। पोखरा देखी करिव ११० किमीको दुरीमा बेनी जोमसोम सडकको दानामा रहेको यो झरना ३०० मीटर उचाइको छ। हामी २१ वर्ष अगाडी सडकले नजोडिदा जुन सौन्दर्य हामीले भेटेका थियौ त्यो अव यात्रामा जानेहरुले देख्न पाउन सक्दैन ।
पहिलो तस्विरमा हामी २०५३ फागुन १८ गते हिडेर जोमसोम जाने समय खिचेका हौ भने दोश्रो तस्विर २०७४ कार्तिक ७ गते बसमा यात्रा गर्दा बाटोको छेउमा बस रोकेर देखेको दृश्य हो।
सडक सञ्जालले जोमसोम जोडिदा यसको छेउमा सडक लगियो । जसले गर्दा यसको सुन्दरतामा कमि आयो । पछि २०७५ मा रुप्से नजिकै पहिरो जाँदा रुप्सेले अझ आफ्नो सौन्दर्य गुमाउन पुगेको थियो। २०३२ सालमा राजा महेन्द्रको जन्मजयन्तीको अवसरमा हुलाक टिकट समेत निकालिएको रुप्से छहरा अहिले नाम मात्रको सुन्दर हुन पुगेको छ । सुनिल उलकको फेसबुक पेजबाट