काठमाडौं। सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। बझाङको राजमार्ग अवरुद्ध बनेको हो।
जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याईएको भएतापनि शनिबार राति पुनः पहिरो खसेपछि सडक अरुद्ध बनेको प्रहरीले बताएको छ।
राजमार्ग अवरुद्ध बनेपछि यात्रामा रहेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन्।