काठमाडौं। सुख्खा पहिरो खसेपछि बिपी राजमार्ग पुनः अवरुद्ध बनेको छ। रोशी गाउँपालिका ७ को घुमाउनेमा सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो।
असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि अवरुद्ध भएको राजमार्ग वैकल्पिक ट्र्याक निर्माण गरी सञ्चालनमा ल्याईएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरो पन्छाउने प्रयार भईरहेको छ।