गुल्मी। गुल्मीको डहरे खोलामा पक्की निर्माण गरिने भएको छ। डहरे खोलामा ४० मिटर लामो पक्की पुल निर्माण गरिने भएको हो।
उक्त पुलको गुल्मी क्षेत्रनम्बर–१ का सांसद डा. चन्द्र भण्डारीले शिलान्यास गरेका छन्। पुल निर्माणको शिलान्यास गर्दै उनले निर्धारीत समयमानै पुल निर्माण सम्पन्न गर्न अनुरोध समेत गरे।
उक्त खोलामा पुल नहुँदा बर्खाको समयमा आवतजावत गर्न निकै समस्या भएको स्थानीयले बताए। पुलको अभावमा बिरामीलाई अस्पताल लान समेत मुस्कील भएको उनिहरुको भनाई छ।
अब पुल निर्माण भएपछि यस्ता समस्या समाधान हुने भन्दै उनिहरुले खशी ब्यक्त गरेका छन्।