काठमाडौं। थाई एयर एसियाको जहाजलाई नेपालमा नियमित र चार्टर उडानमा प्रतिबन्ध लगाइएको छ। आइतबार उडान अनुमति नलिई यात्रुसहित थाइल्यान्डबाट काठमाडौं आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजत समेत निलम्बन गरेको छ।
आइतबारदेखि सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरेको र तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको प्राधिरकणले जनाएको छ।