मोरङ। कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले दुई वटा रुग्ण आयोजनाको स्थलगत अवलोकन गरेका छन्। मन्त्री राइको टोलीले निरज बस्ती हुँदै हर्दिया–पेलपुल–ढाडे–कन्यापोखरी सडक र बाङ्गेबाट हल्दिया–कालाबंजर–तीनकुने–भलुवा चौरी हुँदै धरान जोड्ने सडकको अवलोकन गरेका हुन्।
सडक अवलोकन गर्दै मन्त्री राईले तत्काल काम अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन समेत दिए। उनले निर्माण व्यवसायीका साथै उपभोक्ता र सरोकारवाला सबैलाई राखेर समस्या देखाउन आग्रह गर्दै तिनको समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए।