काठमाडौं। नेपाल विद्युत् प्राधिकरणलाई थप तीन उद्योगले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाएका छन्। प्राधिकरणले महसुल नबुझाउने उद्योगको लाइन काटेपछि सर्वोत्तम सिमेन्टलगायत तीन उद्योगले महसुल तिरेका हुन्।
सर्वोत्तम सिमेन्टको ११ करोड ९६ लाख बक्यौता रहेकोमा पहिलो किस्तावापत् ३७ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। त्यसैगरी भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता २ लाख ५ हजार तिरेको छ।
अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । बक्यौता रकम बुझाएसँगै प्राधिकरणले तीनवटै उद्योगमा लाइन जडान गरिदिएको छ ।