काठमाडौं। टीकापुर विमानस्थल बन्द भएको २७ वर्षपछि पुनः परीक्षण गरिएको छ। नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गरेको हो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिमले परीक्षण उडान गरेका हुन्।
६ हजार ५ सय फिट उचाइमा रहेर आँखाको सहायताले गरिने दृश्यात्मक (भीएफआर) उडान गरिएको छ।
परीक्षणमा जहाजको उडान अवतरणका अवरोध, हावाको गति, तौल आदिबारे अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रतिवेदन बुझाउने छ।