फाइल तस्बिर
काठमाडौं। गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न भएको छ। पोखराबाट पर्वतको फलेवास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी नदीमा पुल निर्माण भएको हो।
पुलको पूर्वतर्फको खण्डमा पहिरोका कारण ५० मिटर सडक नयाँ बनाउनु पर्ने भएकाले पुल सञ्चालनमा भने आउन सकेको छैन। उक्त सडक निर्माण सम्पन्न हुने बित्तिकै अबको एक महिनाभित्र पुलबाट सवारी साधन सञ्चालन गर्न सकिने निर्माण कम्पनीले जनाएको छ।
पुल निर्माणका लागि रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीसँग विसं २०७३ असोज ९ गते १३ करोड १२ लाखमा सम्झौता भएको थियो। प्राविधिक र भौगोलिक कारणले गर्दा निर्धारित समयभन्दा ढिला गरी पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।