काठमाडाैं। मुस्ताङको घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्ड कालोपत्र गर्न सुरु गरिएको छ। यस खण्डको १२ किमि सडकमध्ये पहिलो चरणमा ५ किमि सडक कालोपत्र गर्न सुरु गरिएको हो।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले सडक कालोपत्र गर्न थालेको हो।
घरपझोङ गाउँपालिकाको पाँच वटा वडालाई समेट्ने चक्रपथ कालोपत्र थालिएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्। सडक विस्तारपछि सवारी साधन सञ्चालनमा सहज हुने जसले गर्दा यहाँको कृषि उपजले बजार पाउने उनीहरुको विश्वास छ।