सुर्खेत। धुलियाबिट–भेडाबारी सडक निर्माण तिव्र गतिमा गरिदैँ छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम तिव्र गतिमा गरिएको हो।
तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ। २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलसँग सम्झौता भएको थियो। तर सो समयमा निर्माण कार्य सम्पन्न नभएपछि २०८१ पुस २६ गतेसम्मका लागि म्याद थप गरि काम धमाधम भईरहेको बताइएको छ।
रुख कटानको काम सकिएपछि सडक निर्माणको काम धमाधम अगाडी बढेको हो।