काठमाडौं। कास्कीको रूपा गाउँपालिकामा रुपा रिङरोडको दोस्रो खण्ड निर्माण गरिने भएको छ। सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरि ४७ करोड १८ लाख ९१ हजार रूपियाँ लागतमा रुपा रिङरोडको दोस्रो खण्ड निर्माण गर्न सुरू गरिएको हो।
रिङरोड निर्माणका लागि गत असोज पहिलो साता नै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास समेत गरिसकेका छन्।
रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म सहज हुने स्थानीयको विश्वास छ। उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेकाले पनि सडकमा लगानी गरेको जनप्रतिनिधिहरूको भनाइ छ।