काठमाडौं। काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पुनःनिर्माण सम्पन्न भएको छ। गत असोज दोस्रो साताको बाढी पहिरोले क्षति पुर्याएको प्रसारण लाइन पुनःनिर्माणको काम पूरा भएको हो।
पुनःनिर्माण सम्पन्न गरेर प्रसारण लाइन सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। बाढी पहिरोले प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो।
प्रसारण लाइनको मर्मत कार्य प्राधिकरण र प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा गरेका हुन्।