काठमाडौं। कमला नदीमा बाँसको पुल निर्माण गरिएको छ। सिराहा नगरपालिका– ६, बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने कमला पुलको दक्षिणतर्फ बाँसमा मोटो प्लाई राखेर अस्थायी पुल गरिएको हो।
कमला नदीको पुलको पूर्वी खण्ड बाढीले बगाएपछि सिराहा नगरपालिकाले बाँसको अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो।
पुल निर्माणका लागि बाँस र मोटो प्लाई खरिद, त्यसलाई गाड्न मजदुर परिचालनमा करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान, पानीको बहाव तेज भएकाले हरेक दिन मर्मत गर्न थप पाँच मजदुर राखिएको, डोरी, बाँस, प्लाई पनि फेरिरहनुपर्ने हुनाले मोटरसाइकलमा आवतजावतका लागि २० रुपैयाँ सेवा शुल्क राखेको पालिकाले जनाएको छ।
पुल प्रयोग गर्दा साइकल र पैदल यात्रुलाई भने शुल्क उठाइएको छैन।