मनाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन्। जिल्लास्थित सरकारी कार्यालयको अनुगमनपछि उनले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरेका हुन्।
बेँसीसहर–चामे सडक दुईवटा जिल्ला लमजुङ र मनाङ लाई जोड्ने सडक हो। मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो।
उक्त सडक भएर नेपालका विभिन्न पर्यटकीय स्थानमा पुग्न सकिने भएको कारण पनि सो सडक निर्माणलाई तिव्रता दिन आवश्यक रहेको बताइएको छ।