काठमाडौं। जुम्लाको हिमा गाउँपालिकाले राराताल जोड्ने सडक कालोपत्र गर्न माग गरेको छ। पालिकास्तरमा सर्वपक्षीय बैठक बसालेर गाउँपालिकाले नाग्म गमगडी सडकको सुरुको विन्दुदेखि नै कालोपत्र गर्न माग गरेको हो।
बीच भागमा कालोपत्र गरेको र सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलो र धुलोका कारण पर्यटकका साथै स्थानीयले पनि सास्ती खेप्नु परेको पालिकाको भनाइ छ।
बैठकमा पालिकाभित्रका क्रियाशील दलहरुको साझा बैठक आह्वान गरेर नाग्मगडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय समेत भएको बताइएको छ।