काठमाडौं। सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द गरिएको छ। सडक कालोपत्र गर्नका लागि भोलिदेखि १५ दिनका लागि बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको हो।
उक्त सडकमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन भने सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ।
यस अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ।