काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो।
आजदेखि पाँच महिनासम्मका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिने भएको विमान्स्थलले जनाएको छ। यअसघि विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब १५ अर्ब लागतमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्ने भएको छ। टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ।