काठमाडौं। नयाँ सहर आयोजनाको काम सुरु भएको १० वर्षमा १.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। २०७० सालमा भानु नगरपालिका–१ मा आयोजनाको कार्यालय स्थापना गरी काम सुरु गरिएको नयाँ सहरी विकास आयोजनाको हालसम्मको भौतिक प्रगति १.५ प्रतिशत मात्र भएको हो।
आयोजनाको हालसम्मको आर्थिक प्रगति एक प्रतिशत मात्रै देखिएको छ ।
आइडीपीमा समावेश भएको ४४ अर्व रकममध्ये हालसम्म १ अर्व २६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। विनियोजन भएको रकममा ९५ करोड ८७ लाख रुपैयाँ मात्र आयोजनाले खर्च गरेको देखिन्छ।