काठमाडौं। अचेल त पुरानो फोटो सामाजिक सञ्जालमा छरपस्टै पोष्ट्याउनेहरु बढिसकेका छन् । कमैको श्रोत सिधै फोटोग्राफरसंग होला । तर धेरैको काम भने सामाजिक सञ्जाल र गुगलमा भेटिने फोटो नै राखिदिने मात्रै हो। जसले गर्दा कसको फोटो, कहाँको फोटो र फोटो भित्रका अन्तर्कथाहरु तिनिहरुलाई थाहै हुदैन ।
मसंग रहेका 2x2 नेगेटिभ, 36 mm नेगेटिभ, 4x6 नेगेटिभ, 4x6 ग्लास नेगेटिभ, 36 mm को स्लाइड तथा बिभिन्न फोटोहरु १२०० डिपिआइमा सक्यान गर्दैछु ।
यी सबै स्क्यान गरिसक्दा शायद २० हजार जति हुन्छ होला । डिजिटल फोटोग्राफी शुरु भइसकेपछि खिचिएका ३४ हजार फोटो पहिले नै हार्डडिस्कमा सुरक्षित छन् । यसरी हेर्दा करिव ५४ हजार त मेरो आफ्नै घरमा रहको तस्विरहरु नै पुगेछ । बाहिर बिदेशी फोटोग्राफरहरुबाट प्राप्त तस्विरहरु ५० हजारको हाराहारीमा छन् । यसले गर्दा मेरो संग्रहका
तस्विरहरुको संख्या नै १ लाख नाघिसकेको रहेछ ।
यो तस्विर २०१८ देखि २० सालको बिचमा खिचिएको पोखराको नारायणस्थानबाट फुलवारी जाने बाँसको पुल हो । पोखराको पुरानो फोटोग्राफर कृष्णकुमार बैद्यको हस्ताक्षर भएको यो फोटो निकै महत्वपूर्ण तस्विरमा रहेको छ । अन्य तस्विरहरुमा मिति लेखिएको भए पनि यो तस्विरमा भने मिति लेखिएको छैन । तर सबैजसो अन्य तस्विर २०१८ देखि २० साल बिचको रहेको हुँदा यो तस्विर पनि त्यहि समयको होला भन्ने अडकल काटिएको हो। सुनिल उलकको फेसबुक पेजबाट