काठमाडाैं। मध्यपहाडी राजमार्गको ओख्ले–निबेल खण्डको १० किलाेमिटर सडक कालाेपत्र गरिएकाे छ।ओख्ले–निबेल खण्ड अन्तर्गतको १६.८७ किलोमिटर सडक मध्ये १० किलोमिटर सडक कालोपत्र गरिएकाे हो।
उक्त सडकखण्डको बाँकी ६ किलाेमिटर सडककाे कालाेपत्रे आगामी पौष पहिलो साताभित्र सकिने गरी छैटौं पटक म्याद थप गरिएकाे छ ।
मध्यपहाडी राजमार्गको उक्त खण्डको ठेक्का २०७२ साल माघमा लागेको थियो। पटक पटकको म्याद थपबाट पनि सडक निर्माणको काम पूरा हुन सकेको छैन। अहिले आगामी पुषसम्ममा काम सक्नेगरी अन्तिम पटक म्याद थप भएर काम भइरहेको आयोजनाले जनाएको छ।