काठमाडौं। बागमती प्रदेशको प्रादेशिक कृषि थोक बजार निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ। प्रदेश सरकारको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको कृषि थोकबजार निर्माणको काम हालसम्म ९५ प्रतिशत पूरा भएकाे हाे।
प्रादेशिक कृषि थोक बजारमा अब सडक कालोपत्रे र विद्युतीकरणको काम मात्र बाँकी रहेको उपमहानगरले जनाएको छ। कृषि थोक बजारका लागि ४ वटा सुविधासम्पन्न भवन र एउटा कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ।
कार्गो र मानिसहरूको आवतजावतका लागि फरक फरक लिफ्टको सुविधा रहेको थोक बजारको थोक मार्केटमा ४० वटा सटर र खुद्रा मार्केटमा २३ वटा सटर छन् भने भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ।