काठमाडौं। रुकुमपूर्व तरवरास्थीत सानिभेरी नदीमा मोटरेबल पुल सञ्चालनमा आएको छ। लगभग ७ करोड रुपैँया लागतमा पुल निर्माण भएको हो।
लामो समय र पटक पटकको ताकेता पछि यो पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो। उक्त पुलले पश्चिमतिर भएर डोल्पा र पूर्वतिर भएर पोखरा, काठमाडौं लाइ जजिक बनाएको स्थानीयले बताए। सो पुल त्यस क्षेत्रको आसपासमा सानिभेरी नदीमाथी निर्माण भएको पहिलो पुल हो।
उक्त नदिमा पुलको अभावका कारण गाउँपालिका केन्द्र पुग्न रुकुम पश्चिमको सदरमुकाम भएर जानुपथ्र्यो जसले गर्दा सर्वसाधारणले लामो, महँगो र कष्टकर यात्रा गर्नु परेको थियो। अब उक्त पुल सञ्चालनमा आएपछि यस्ता प्रकारका समस्या हटेको छ।
पुरानो बाटो भएर काठमाडौं जानु र यो पुल बनेपछि पूर्वको बाटो भएर काठमाडौं जाँदा यो बाटो १ सय किलोमिटर छोटो भएको छ। जसले गर्दा यात्री हरुलाई कम खर्च र कम समय लाग्ने भएकाले यात्रा गर्न सहज बनेको छ।
मध्यपहाडी भएर यात्रा गर्ने पर्यटकहरू जो डोल्पासम्म पुग्न चाहन्छन्, उनिहरुलाई यही पुलले छोटो समय र सहज तरिकाले पुग्न सक्ने भएका छन्।
सानीभेरी पुल तरेपछि ३० मिनेटमै मध्यपहाडी लोक मार्ग पुगिन्छ। मध्यपहाडी भएर पूर्व पश्चिम पनि यही पुलबाटै जोडिने भएको कारणले गर्दा पुलले सामान्य दुई वटा गाउँलाई मात्र नभएर धेरै क्षेत्रलाई जोडेको छ।