काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व कार्य समिति सदस्य देवी पोख्रेलको निधन भएको छ। दाङ निर्माण ब्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका पोख्रेलेको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
पोख्रेलको निधनप्रति महासंघले भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ।