फाइल फोटो
तनहुँ। मुकुन्देश्वरी पदमार्ग निर्माण गर्न सुरु गरिएको छ। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट उक्त पदमार्ग निर्माण गर्न सुरु गरिएको हो।
उक्त मुकुन्देश्वरी पदमार्ग थानीमाई मन्दिरदेखि सुरु भएर चुलीडाँडामा पुगेर अन्त्य गरिने बताइएको छ।
पर्यटकिय स्थान भएको कारणले गर्दा उक्त पदमार्ग निर्माण भएपछि पर्यटकको संख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ।
थानीमाई मन्दिरबाट चुलीडाँडासम्म निर्माण हुने पदमार्ग दुई किलोमिटर लामो रहने बताइएको छ।