काठमाडौं। गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको एक दिन मात्र उडान गर्ने भएको छ। सातामा दुई दिन उडान गर्दै आएको निगमले अब साताको एक दिन बिहीबार मात्र उडान गर्ने भएको हो।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेशनमा रहेको कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक पटक मात्र उडान गर्ने भएको हो।
रेसुङ्गा विमानस्थलमा प्रतिकुल मौसमका कारण लामो सयमदेखि उडान अबरुद्ध हुँदैआएको थियो। मौसम अनुकुल भएसँगै गत दुई सातादेखि मात्र नियमित उडान शुरु भएको थियो। उडान सुरु भएसँगै पुनः उडान तालिकामा परिवर्तन भएको छ। यसअघि निगमले सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्दै आएको थियो।