काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन जोड्न सम्भव नहुने जनाएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगहरूमा २४ घण्टाभित्र लाइन जोड्न दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने भएको हो।
प्राधिकरणमा कुनै औपचारिक जानकारी नआएको र बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्नुपर्ने भएकाले अहिले नै लाइन जाडन गर्न नसक्ने प्राधिकरणले जनाएको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन आज १२ बजेसम्म जोड्न निर्देशन दिने निर्णय गरेको थियो।