काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री दाहाल आज बिहान मन्त्रालयका उच्च अधिकारीहरुसँग निर्माणस्थल पुगेर फ्लाई ओभरको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री दाहालले काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा राखिएको फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न निर्देशन दिए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले फ्लाइ ओभर निर्माण सम्पन्न गर्न अझै दुई–तीन महिना लाग्ने जानकारी दिए। हालसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ४५.५४ प्रतिशत भएको छ।