काठमाडौं। कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ। कतार–काठमाडौं दैनिक तीन वटा उडान गर्दै आएको कतार एयरवेजले मंगलबारदेखि साताको सातै दिन उडान गर्ने भएको हो।
कतार एयरवेजले मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्ने भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
कतार एयरवेजले भैरहवाबाट दैनिक उडान गर्ने भएसँगै अब गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या पाँच पुगेको समेत प्राधिकरणले जनाएको छ।